२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

स्रोत नखुलेको रकमसहित एक जना पक्राउ

Nada
२०८१ कार्तिक २ गते १४:५८
Shares
स्रोत नखुलेको रकमसहित एक जना पक्राउ

भक्तपुरः मध्यपुर ठिमी नगरपालिका–९ राधेराधेबाट स्रोत नखुलेको नगद ८ लाख ५० हजार रूपैयाँसहित रौतहट गजुरा नगरपालिका–४ घर भइ काठमाडौं महानगरपालिका–७ रातोपुल बस्ने ३७ वर्षीय शशीकान्त चौलागाईलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

ncell

जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई उक्त स्रोत नखुलको नगद, विभिन्न बैंकको एटिएम कार्ड ५ थान लगायतका सामानहरूसहित पक्राउ गरेको हो । उनी उपर हुण्डी सम्बन्धी कारोबार गर्न नहुने सम्बन्धी कसुरमा जिल्ला अदालत भक्तपुरबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित खबर