२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

विदेशी पेस्तोल र गोलीसहित एक जना पक्राउ

Nada
सत्येन्द्र प्रताप सिंह
२०८१ असोज २७ गते १४:२४
Shares
विदेशी पेस्तोल र गोलीसहित एक जना पक्राउ

रौतहटः अटोमेटिक पेस्तोल र गोलीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा देवाही गोनाही–६ कर्कच कर्मैया ५६ वर्षीय भोला राय यादव रहेका छन्।

ncell

यादवको साथबाट मेड इन् यूएसए अटोमेटिक पेस्तोल एक थान, म्यागजिन १ थान र ९ एमएमको गोली २ थान र सटगनको गोलीजस्तै देखिने ४ राउन्ड बरामद भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक कुमार रायले बताए। 

बरामद हतियार गोलीसहित निजलाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय गौरमा ल्याई अनुसन्धान भइरहेको प्रवक्ता रायले बताए । प्रहरीका अनुसार देवाही गोनाही-६ कर्कचमा दुर्गा पूजाको अवसरमा मेला लागेको थियो।

मेला सुरक्षा इलाका प्रहरी कार्यालय गोनाहिका प्रहरी निरीक्षक कमल कुमार लुङ्गेलीको कमान्डमा खटिएको गस्ती टोलीले स्थानीय बिल्टु यादवका छोरा भोला राय यादवलाई शङ्का लागेर चेक जाँच गर्दा उक्त हतियारहरू बरामद भएको हो ।

सोही गाउँ कर्कच कमैयाका पूर्व गाविस अध्यक्ष ईश्वरी लाल यादवका भतिज राजु यादव भने आरोपी भोलाले पूर्व गाविस अध्यक्ष ईश्वरी लाललाई टार्गेट बनाएको तर उनी फेला नपरेपछि शुक्रबार राति मेलामा आफूलाई प्रहार गरेको गोली नपड्किँदा उनी पक्राउ परेको बताए ।

‘गत शुक्रबार राति साढे १० बजे अभियुक्त भोलाले मलाई निशाना बनाएर सोही पेस्तोलले गोली प्रहार गरेको थियो । तर दुवै राउन्ड नपड्किएपछि मेलाको सुरक्षामा गएको प्रहरी टोलीलाई घटनाबारे जानकारी गराउँदा प्रहरीले १ किलोमीटर लखेटेर पक्राउ गरेको हो ।

उनले भोलाले १५ दिन अघि मोटरसाइकल बेचेर उक्त हतियार खरिद गरी ल्याएको पनि दाबी गरे। जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक रायले विशेष सूचनाको आधारमा हतियारसहित उनलाई पक्राउ गरिएको तथा थप विषयमा अनुसन्धान भइरहेको जानकारी दिए।

सम्बन्धित खबर