२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

प्रधानमन्त्री ओली न्युयोर्कमा, मोदीसँग पनि भेटघाट हुने

Nada
२०८१ असोज ५ गते १०:४३
Shares
प्रधानमन्त्री ओली न्युयोर्कमा, मोदीसँग पनि भेटघाट हुने

अमेरिकाः संयुक्त राष्ट्र सङ्घको ७९औं महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली स्थानीय समयअनुसार शुक्रबार राति न्युयोर्क पुगेका छन् ।

ncell

प्रधानमन्त्री ओलीलाई जोनएफ केनडी अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्र सङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापा, अमेरिकाका लागि कार्यवाहक राजदूत कुमार खरेल, न्युयोर्कस्थित नेपाली काबा महावाणिज्यदूत चक्र सुवेदी तथा स्थायी नियोगका अधिकारीहरुले स्वागत गरेका थिए ।

प्रधानमन्त्री ओलीले यही असोज १० गते संयुक्त राष्ट्र सङ्घको महासभामा सम्बोधन गर्ने कार्यतालिका छ । महासभामा कोही पनि पछाडि नछाडिने, वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाका लागि सबै मिलेर अघि बढ्नुपर्ने विषयमा बहस हुनेछ ।

प्रधानमन्त्री ओलीले यहाँस्थित नेपाली सङ्घसंस्थाले आयोजना गर्ने समारोहलाई आइतबार सम्बोधन गर्नेछन् । यसैगरी महासभामा सहभागी मित्रराष्ट्रका प्रतिनिधि तथा विकास साझेदारसँग ‘साइडलाइन’ वार्ता पनि गर्नेछन् । 

प्रधानमन्त्री ओलीले सम्मलेनमा अतिकम विकसित देशहरुको अध्यक्षको हैसियतले सम्बोधन गर्नेछन् । यसैगरी उनले कोलम्बिया विश्वविद्यालय र हवार्ड विश्वविद्याललयमा नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा र नेपालको परिप्रेक्ष्यस् सङ्क्रमणकालीन न्यायबाट जलवायु न्यायका विषयमा सम्बोधन गर्ने कार्यक्रम छ । 

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच अमेरिकामा भेटघाट गर्ने समयतालिका तय भएको छ ।

भारतीय प्रधानमन्त्री मोदीको सचिवालयले अमेरिकाको समय सेप्टेम्बर २२ तारिख साँझ ५ः३० बजे (नेपाली समय २३ तारिख बिहान ३ः४५ बजे) प्रधानमन्त्री ओलीसँगको भेटघाटको समय कार्यतालिकामा राखेको छ । तर त्यसमा स्टार लगाएर पनि राखेको छ । पछिल्लो समय प्रधानमन्त्री ओलीले इपीजी र सीमा समस्याको बारेमा दिएको अभिव्यक्तिका कारण भारतसँग सम्बन्ध चिसिएको थियो । 

सम्बन्धित खबर