काठमाडौं : ललितपुरको गोदामचौरमा भएको सामूहिक बलात्कार घटनाका दुई अभियुक्त पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले घटनाका दुई फरार अभियुक्तलाई पक्राउ गरेको हो ।
जिल्ला अदालतको निर्णय उच्च अदालत पाटनले उल्ट्याउँदै माघ २५ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । त्यसपश्चात् फरार रहेका ललितपुरको गोदावरी नगरपालिका–१, गोदामचौरका २१ वर्षीय विशालध्वज कार्की र सोही ठाउँका २१ वर्षीय पवन कुँवरलाई बुधबार पौने २ बजे ललितपुरको गोदावरीबाट प्रहरीले पक्राउ गरेको हो ।
उक्त घटनामा रघु सिलवाल, विशालध्वज कार्की र पवन कुँवरलाई प्रतिवादी बनाइएको थियो । त्यसमध्ये सिलवाल पक्राउ परेका छैनन् । फरार रहेका सिलवालको पनि खोजी भइरहेको महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए ।
ललितपुर गोदावरीकी २२ वर्षीया एक विवाहित युवतीलाई २ मंसिर २०७४ मा माइतीबाट फर्किरहेका बेला अभियुक्तहरूले सामूहिक बलात्कार गरेको थिए । ३ मंसिरमा तोरीबारीमा अचेत अवस्थामा फेला परेकी उनको टाउकोमा ढुंगा प्रहार गरिएको थियो ।
पीडितको हात र टाउकोमा गरी ३० भन्दा बढी टाँका लगाइएको छ । ज्यान मार्ने उद्योग, सामूहिक बलात्कार र चोरी मुद्दाका अभियुक्तहरूलाई ललितपुरका जिल्ला न्यायाधीश बालमुकुन्द दवाडीको एकल इजलासले साधारण तारेखमा रिहा गरेको थियो । त्यसपछि उनीहरू फरार थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies