२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

अग्नि सापकोटाविरुद्धको मुद्दामा सर्वोच्चले आज फैसला सुनाउने

Nada
२०८१ भदौ १२ गते १२:१३
Shares
अग्नि सापकोटाविरुद्धको मुद्दामा सर्वोच्चले आज फैसला सुनाउने

काठमाडौँ : सर्वोच्च अदालतले पूर्वसभामुख एवम् नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटा विरुद्धको मुद्दामा फैसला सुनाउँदै छ ।  संवैधानिक इजलासले बुधवार सो मुद्दाको फैसला सुनाउने मिति तोकेको हो ।

ncell

असार १२ गते स्नानुपरने फैसाला एक न्यायाधीश अनुपस्थित भएपछि मिति सरेको थियो । काभ्रेका अर्जुन लामाको हत्या आरोपमा कर्तव्य ज्यान मुद्दामा अनुसन्धान माग गर्दै दायर भएको रिटमा जेठ २३ गते बहस सकिएर निसु तोकिएको थियो ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले दुवै पक्षको बहसपछि  निर्णय सुनाउने भनी यसअघि नै मिति तोकिएको भए पनि वरिष्ठतम न्यायाधीश प्रकाशमान सिंह राउत नभएपछि  फैसला हुन नसकेको हो । न्यायाधीश  राउत अदालत निरीक्षणका क्रममा बागलुङ पुगेका थिए ।

गत जेठ २३ गते प्रधानन्यायाधीश श्रेष्ठ, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मी रहेको संवैधानिक इजलासले सुनुवाइ सकेर निर्णय सुनाउने मिति असार १२ गते तोकेको थियो।

२०६९ मङ्सिरमा काभ्रेका अर्जुन लामाको हत्या आरोपमा सापकोटासहितका नेताहरूमाथि अनुसन्धान हुनुपर्ने भन्दै उनकी श्रीमती पूर्णिमाया लामाले सर्वोच्चमा रिट दायर गरेकी थिइन् । 

ताजा खबर

सम्बन्धित खबर