२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

Nada
२०८१ भदौ ७ गते १४:३८
Shares
विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौंः विद्युतीय कारोबार ऐन अन्तर्गतको कसूर मुद्दाका फरार प्रतिवादी ललितपुर गोदावरी नगरपालिका–७ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–९ बस्ने ३७ बर्षीय राज कुमार तिमल्सिनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

ncell

काठमाडौं जिल्ला अदालतबाट गत असार ५ गते पक्राउ अनुमति जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ बाट पक्राउ गरेको हो । तिमल्सिना प्रहरी वृत्त जगाती भक्तपुरमा बैंकिङ कुर मुद्दामा समेत फरार रहेको खुल्न आएको छ । 

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि साइबर ब्यूरो भोटाहिटी काठमाडौं पठाइएको छ । 

ताजा खबर

सम्बन्धित खबर