२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

अवैध लागुऔषधसहित दुई जना पक्राउ

Nada
२०८१ भदौ ५ गते १५:३८
Shares
अवैध लागुऔषधसहित दुई जना पक्राउ

काठमाडौंः सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६ सिबगंज मेहेता टोल बस्ने ३२ वर्षीय विष्णु मेहतालाई अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३३ ग्राम २२ मिलिग्रामसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकही र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

ncell

यस्तै, बाँकेको कोहलपुर नगरपालिका–११ साझाचोकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ४० मिलिग्राम सहित नेपालगंज उपमहानगरपालिका–११ बस्ने ४५ वर्षीय सब्यद मोबिन अहमदलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले भे.२ प २०७० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

ताजा खबर

सम्बन्धित खबर