२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

१५ लाख बढीको अवैध सामान बरामद

Nada
सत्येन्द्र प्रताप सिंह
२०८१ भदौ २ गते १२:३५
Shares
१५ लाख बढीको अवैध सामान बरामद

रौतहट : रौतहटस्थित प्रहरीको गस्ती टोलीले १५ लाख रुपैयाँभन्दा बढीको अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय र मातहतका इकाहरुले जिल्लाको विभिन्न नाका हुँदै भान्सार छलेर भित्र्याइएको सामानहरू बरामद गरेको हो ।

ncell

जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता डीएसपी एलिजा गिरीका अनुसार प्रहरी टोलीले १ लाख ७४ हजार ९ सय ९६ रुपैयाँ बराबरको लत्ताकपडा, ३ लाख ७४ हजार २७३ बराबरको किराना सामान, ४ लाख ४० हजार हुन्डीको रकम, ४ लाख ७४ हजार २२० बराबरको दुई वटा मोटसाइकलसहित ५५ हजार ९ सय ८० रुपैयाँ बराबरको हार्डवेयर सामान बरामद गरेको छ । बरामद सामानहरू आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।

ताजा खबर

सम्बन्धित खबर