२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

उदयपुरमा नक्कली सिभिल इन्जिनियर पक्राउ

Nada
बिन्द्र राई
२०८१ साउन ३२ गते १२:१४
Shares
उदयपुरमा नक्कली सिभिल इन्जिनियर पक्राउ

उदयपुर : उदयपुरमा नक्कली सिभिल इन्जिनियर पक्राउ परेका छन् । प्रहरीले सर्लाही गडहिया-४ बस्ने ३४ वर्षीय रोशन अधिकारी भन्ने जवराहिल मन्सुरीलाई बिहीबार गाईघाटबाट नक्कली कागज पत्रसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ ।

ncell

प्रहरीले पक्राउ परेका उनको साथबाट भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय नापी विभाग, नापी कार्यालय स्याङ्जाको च.नं.२६ २०७७ वैशाख १५ गतेको पत्रले रोशन अधिकारीको नाममा जारी भएको स्थायी नियुक्ति पत्र र सडक विभाग बबरमहल काठमाडौंबाट जारी भएको रोशन अधिकारीको नामको सिभिल इन्जिनियर (अधिकृत छैटौं) कर्मचारी परिचय पत्र बरामद गरेको जनाएको छ ।

पक्राउ परेका मन्सुरीविरुद्ध लिखतसम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर