२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

दीपकलाई कुसुमको चेतावनी: ‘पैसाको भरमा अदालतमा ‘सेटिङ’ मिलाएको अभिव्यक्ति नदिनू’

Nada
२०८३ भदौ ९ गते १३:३९
Shares
दीपकलाई कुसुमको चेतावनी: ‘पैसाको भरमा अदालतमा ‘सेटिङ’ मिलाएको अभिव्यक्ति नदिनू’

काठमाडौँ नेपाली कांग्रेसकी केन्द्रीय सदस्य कुसुमदेवी थापाले नेता दीपक खड्कालाई अदालतको निर्णय आफ्नो पक्षमा पार्न ‘सेटिङ’ मिलाएको जस्तो देखिने अभिव्यक्ति नदिन चेतावनी दिएकी छन् । 

ncell

खड्काले केही न्यायाधीश तथा अदालतसँग सम्बन्धित व्यक्तिसँग सम्पर्क भएको र आफ्नो पक्षमा अन्तरिम आदेश तथा पार्टीको आधिकारिकता आउने दाबी गरेको आफूले सुनेको थापाले बताएकी छन् ।

थापाले आर्थिक हैसियतका आधारमा अदालतका कर्मचारीदेखि न्यायाधीशसम्मलाई प्रभावमा पार्न सकिने सन्देश दिनु न्यायालयको गरिमामाथि प्रश्न उठाउने काम भएको बताइन् ।

उनले राजनीतिक विवादलाई राजनीतिक माध्यमबाट र न्यायिक विषयलाई कानुनी प्रक्रियाबाट समाधान गर्नुपर्ने भन्दै अदालतमा विचाराधीन विषयमा अनुमान, दाबी वा प्रभावको भाषा प्रयोग नगर्न आग्रह गरेकी छन् ।

सम्बन्धित खबर