२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

राष्ट्रिय स्वाधीनताको रक्षाका लागि शक्तिहरूबीच मोर्चा र सहकार्य आवश्यक : प्रचण्ड

Nada
२०८३ भदौ ७ गते १५:०१
Shares
राष्ट्रिय स्वाधीनताको रक्षाका लागि शक्तिहरूबीच मोर्चा र सहकार्य आवश्यक : प्रचण्ड

काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको वर्तमान परिस्थिति असाधारण र चुनौतीपूर्ण रहेको बताएका छन् । 

ncell

सोमवार काठमाडौँमा ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रिय स्वाधीनतामाथि गम्भीर संकट देखा परेको उल्लेख गरेका हुन् । 

संयोजक दाहालले लामो संघर्ष र बलिदानबाट प्राप्त भएका उपलब्धिहरू क्रमशः खोसिँदै गएको प्रति चिन्ता व्यक्त गरे ।

देशमाथि वैदेशिक र प्रतिक्रियावादी शक्तिहरूको दबाब एवं हस्तक्षेप बढ्दै गएको दाबी गर्दै उनले वर्तमान अवस्थामा विचार मिल्ने शक्तिहरूबीचको एकता र सहकार्य अपरिहार्य भएको बताए । 

संयोजक दाहालले भने, ‘आज देशको परिस्थिति निकै जटिल मोडमा छ, राष्ट्रिय स्वाधीनता र प्राप्त उपलब्धिहरूमाथि प्रहार भइरहेको छ । यो परिस्थितिमा विचार मिल्ने दलहरूबीच पार्टी एकता, तत्कालीन मुद्दाहरूमा सहकार्य र विगतमा शान्ति, संविधान एवं संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा उभिएका शक्तिहरूबीच साझा मोर्चा निर्माण गर्नु आजको मुख्य आवश्यकता हो ।’

उनले प्राप्त राजनीतिक उपलब्धिहरूको रक्षा गर्दै मुलुकलाई सही दिशामा अघि बढाउन परिवर्तनकारी शक्तिहरू एकजुट हुनुपर्नेमा विशेष जोड दिए । 

सम्बन्धित खबर