२०८३ असोज ११ गते आइतवार / Sep 27 , 2026 , Sunday
२०८३ असोज ११ गते आइतवार

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा उत्कृष्ट अभिकर्ता सम्मान 

Nada
२०८३ साउन २७ गते २१:२९
Shares
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा उत्कृष्ट अभिकर्ता सम्मान 

काठमाडौं : रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले कम्पनीको व्यवसाय विस्तार, उत्कृष्ट कार्यसम्पादन तथा बिमा सेवाको प्रवर्धनमा उल्लेखनीय योगदान पुर्‍याउने अभिकर्ताहरूलाई सम्मान गरेको छ ।

ncell

कम्पनीका प्रमुख कार्यकारी अधिकृतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा देशभरबाट उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताको उल्लेखनीय सहभागिता थियो  । 

कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन, समर्पण तथा कम्पनीको व्यावसायिक वृद्धिमा पु¥याएको महत्त्वपूर्ण योगदानको कदर गर्दै सम्मान गरिएको थियो  ।  सम्मानित व्यक्तित्वहरूलाई सम्मानपत्र तथा मायाको चिनोसहित सम्मान गरिएको थियो । उक्त कार्यक्रममा प्रा.डा. भगवान कोइराला तथा डा. विष्णुप्रसाद रेग्मीको स्वास्थ्य, जीवन तथा पेसागत विकासमा टेवा दिने उत्प्रेरणामूलक विशेष प्रस्तुतिसमेत रहेको थियो । 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृतले कम्पनीको सफलताको प्रमुख आधार अभिकर्ता नै भएको उल्लेख गर्दै निरन्तर मिहिनेत, व्यावसायिक प्रतिबद्धता तथा ग्राहकप्रतिको उत्तरदायित्वको प्रशंसा गरे । उनले आगामी दिनमा पनि उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्तालाई प्रोत्साहन गर्न यस्ता सम्मान कार्यक्रमलाई निरन्तरता दिइने विश्वास व्यक्त गरे ।

कार्यक्रममा व्यवसाय विस्तारका सम्भावना, आगामी रणनीति तथा ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्ने विषयमा समेत छलफल गरिएको थियो । साथै, सहभागी अभिकर्ताहरूबीच अनुभव आदान–प्रदान तथा सफलताको प्रेरणादायी यात्राबारे अन्तरक्रियात्मक सत्रसमेत सञ्चालन गरिएको थियो । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना अभिकर्ताको क्षमता विकास, उत्प्रेरणा तथा व्यावसायिक उत्कृष्टतालाई प्रोत्साहन गर्दै बिमा क्षेत्रको समग्र विकासमा निरन्तर योगदान पुर्‍याउँदै आएको छ । 

ताजा खबर

सम्बन्धित खबर