२०८३ असोज ११ गते आइतवार / Sep 27 , 2026 , Sunday
२०८३ असोज ११ गते आइतवार

नेपाली महिला भलिबल टोली क्वार्टरफाइनलमा, शुक्रबार फिलिपिन्स ‘सी’सँग भिड्दै

Nada
तिलु शर्मा पौडेल
२०८३ साउन २७ गते १८:५४
Shares
नेपाली महिला भलिबल टोली क्वार्टरफाइनलमा, शुक्रबार फिलिपिन्स ‘सी’सँग भिड्दै

दोहा, कतार : श्रमिक सहयोग तथा बिमा कोष कतारको आयोजनामा सञ्चालित सामुदायिक स्तरीय मैत्रीपूर्ण महिला भलिबल प्रतियोगितामा नेपाली महिला टोली क्वार्टरफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताअन्तर्गत नेपाली टोलीले आगामी शुक्रबार फिलिपिन्स ‘सी’ टोलीसँग क्वार्टरफाइनल खेल खेल्नेछ । नेपाली टोलीले गत शुक्रवार ट्युनिसिया र कतार फाउन्डेसनलाई लगातार पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।

ncell

नेपाली टोली र फिलिपिन्स ‘सी’बीचको खेल आगामी शुक्रबार मध्यान्ह १२ बजे अल–सादस्थित अलि बिन हमाद अल–अतिया एरिना (इनडोर हल)मा हुने भएको छ । कोसेली मगरको कप्तानीमा मैदानमा उत्रने नेपाली टोलीले क्वार्टर फाइनल खेलका लागि नियमित प्रशिक्षण गरिरहेको छ । लगातार दुई खेलमा हासिल गरेको जितको लयलाई कायम राख्दै फिलिपिन्स ‘सी’ विरुद्ध पनि उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यका साथ नेपाली खेलाडी तयारीमा जुटेका छन् ।

कतारमा रहेका सम्पूर्ण नेपाली समर्थकलाई खेल स्थलमा उपस्थित भई अनुशासित रूपमा नेपाली टोलीको हौसला बढाउन एनआरएनए एनसीसी कतारका अध्यक्ष कृष्ण पन्थीले आग्रह गरेका छन् । एनसीसी कतारका खेल संयोजक राजन चापागाईँले नेपाली टोलीले फिलिपिन्स ‘सी’लाई पराजित गर्नेमा आफू आशावादी रहेको बताउँदै क्वार्टरफाइनलका लागि आवश्यक प्रशिक्षण र तयारीमा जुटिरहेको जानकारी दिँदै नेपाली टोलीलाई जितका लागि सक्दो समर्थन गर्न कतारवासी नेपालीलाई आग्रह गरे l

ताजा खबर

सम्बन्धित खबर