२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

तास खेल्दै गर्दा एमालेका पूर्वमन्त्री र 'सक्किगोनी' सिरियलका कलाकारसहित ११ जना पक्राउ 

Nada
२०८१ साउन २७ गते १७:०३
Shares
तास खेल्दै गर्दा एमालेका पूर्वमन्त्री र 'सक्किगोनी' सिरियलका कलाकारसहित ११ जना पक्राउ 

काठमाडौं : जुवातास खेलिरहेको अवस्थामा एमालेका पूर्वमन्त्री र 'सक्किगोनी'काकलाकारसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई शनिबार साँझ जुवातास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका–८, गौरीघाटबाट पक्राउ गरिएको हो । 

ncell

पक्राउ पर्नेमा 'सक्किगोनी' सिरियलमा प्रहरी इन्सपेक्टरको भूमिका निर्वाह गर्ने कलाकार पुरुषोत्तम आचार्य,  एमालेका नेता तथा कोशी प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारी, एमालेका सोलुखुम्बु जिल्ला कमिटी सदस्य तथा सोताङ गाउँपालिकाका पूवअध्यक्ष बीरबहादुर राई, उत्तमकुमार राई, अनिश तामाङ, दीपक खड्का, भीमबहादुर साम्बाहाङ्फे, रवि श्रेष्ठ र राजु महत,माधव थापा, ठुला तामाङ छन् ।

उनीहरूलाई काभ्रेको बनेपा नगरपालिका-१२ का राजु महतको गौरीघाटस्थित कोठामा जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेको जिल्ला प्रहरी परिसरकाठमाडौँले जनाएको छ । आइतबार सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइने प्रहरीले जनाएको छ ।
 

ताजा खबर

सम्बन्धित खबर