२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६’को अवार्ड

Nada
२०८३ असार ७ गते १३:१७
Shares
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६’को अवार्ड

काठमाडौं : सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले १८औं कर्पोरेट बिजनेस अवार्ड २०२६ मा ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६’ को प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ ।

ncell

कर्पोरेट मिडिया ग्रुपद्वारा आयोजित ‘कर्पोरेट बिजनेस समिट एन्ड अवार्ड २०२६’ को १८औं संस्करणमा कम्पनीलाई यो सम्मान प्रदान गरिएको हो । नेपालको निजी क्षेत्र, बैंकिङ, बीमा, उद्योग, स्वास्थ्य, ऊर्जा तथा उद्यमशीलता क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्ति तथा संस्थाहरूलाई सम्मान गर्ने उद्देश्यले आयोजित उक्त समारोहमा सानिमा रिलायन्सले बीमा विधातर्फको यो महत्त्वपूर्ण उपलब्धि हासिल गरेको हो ।

कम्पनीले जीवन बीमा क्षेत्रमा पुर्‍याएको उत्कृष्ट योगदान, नवीन सेवाहरू तथा ग्राहकप्रतिको समर्पित प्रतिबद्धताको कदरस्वरूप यो अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ । समारोहमा ‘कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ अन्तर्गत १२ वटा र ‘बैंकिङ, इन्स्योरेन्स एन्ड फाइनान्स अवार्ड’ अन्तर्गत ६ वटा संस्थालाई सम्मानित गरिएको थियो ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले डिजिटल सेवा विस्तार, दाबी प्रक्रियामा सहजता र ग्राहक सम्पर्क प्रणाली सुदृढीकरणमार्फत आफूलाई एक भरोसायोग्य बीमा कम्पनीको रूपमा स्थापित गर्दै आएको छ । 

दीर्घकालीन विश्वास र उत्कृष्ट सेवा प्रवाहलाई प्राथमिकतामा राखेर कार्य गर्दै आएको यस कम्पनीले यो अवार्डसँगै आफ्नो व्यावसायिक उचाइलाई थप थप मजबुत बनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर