२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

रूस-युक्रेन तनाव बढ्दै, ड्रोन आक्रमण र प्रतिकार जारी

Nada
२०८३ जेठ २३ गते १३:०७
Shares
रूस-युक्रेन तनाव बढ्दै, ड्रोन आक्रमण र प्रतिकार जारी

मस्को : रुसले सेन्ट पिटर्सबर्ग नजिकै २५ वटा ड्रोन खसालेको दाबी गरेको छ, जहाँ मस्कोले आफ्नो प्रमुख आर्थिक मञ्च सञ्चालन गरिरहेको छ । क्षेत्रीय गभर्नर अलेक्जान्डर ड्रोज्डेन्कोले शनिबार टेलिग्राममार्फत जानकारी दिँदै २५ वटा मानवरहित हवाई यन्त्र (ड्रोन) खसालिएको र सैन्य कारबाही जारी रहेको बताएका छन् ।

ncell

यसैबीच, बुधबार युक्रेनी ड्रोनहरूले सेन्ट पिटर्सबर्गस्थित एक तेल प्रशोधन केन्द्र र सैन्य अड्डालाई निशाना बनाएका थिए । उक्त घटना ‘रुसको डाभोस’ भनेर चिनिने सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्च सुरु भएको पहिलो दिएका हुन्।

राष्ट्रपति भ्लादिमिर पुटिनको सम्बोधन भएको एक दिनपछि सुरु भएको उक्त आर्थिक मञ्च शनिबार सम्पन्न हुँदैछ ।

यसै क्रममा, मस्कोका मेयर सर्गेई सोब्यानिनका अनुसार शनिबार मस्कोतर्फ उडिरहेका थप ९ युक्रेनी ड्रोन पनि रुसी वायु सुरक्षाले खसालेको छ

रुस र युक्रेनबीच पछिल्ला महिनाहरूमा एकअर्कामाथि ड्रोन आक्रमण तीव्र बनेको छ । अमेरिका नेतृत्वको कूटनीतिक प्रयास युद्ध अन्त्य गर्न असफल हुँदै गइरहेका बेला यी आक्रमणहरू बढिरहेका हुन् ।

ताजा खबर

सम्बन्धित खबर