२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

वैदेशिक रोजगारको विज्ञापन राष्ट्रिय दैनिकमा प्रकाशनपछि श्रम संसार एपमा

Nada
२०८३ वैशाख २७ गते ०६:१५
Shares
वैदेशिक रोजगारको विज्ञापन राष्ट्रिय दैनिकमा प्रकाशनपछि श्रम संसार एपमा

काठमाडौं : वैदेशिक रोजगार विभागले राष्ट्रियस्तरको दैनिक पत्रिकामा विज्ञापन प्रकाशन गरेपश्चात अनिवार्य रूपमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा सञ्चालित श्रम संसार एपमा अपलोड गरी प्रकाशन गर्न निर्देशन दिएको छ । विभागले शुक्रबार एक सूचना जारी गर्दै उक्त निर्देशन दिएको हो ।

ncell

विभागले वैदेशिक रोजगारीमा कामदार पठाउन इजाजत प्राप्त संस्थाले पूर्व स्वीकृत प्राप्त भएपछि वैदेशिक रोजगार नियमावली, २०६४ को नियम १४ बमोजिमको विवरण खुल्ने गरी कामदार छनोट गर्न नेपाली भाषामा प्रकाशन हुने कुनै राष्ट्रियस्तरको दैनिक पत्रिकामा कम्तीमा सात दिनको म्याद दिई विज्ञापन प्रकाशन गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराउँदै त्यस्तो सूचना प्रकाशन गरेपश्चात अनिवार्य रूपमा श्रम मन्त्रालयद्वारा सञ्चालित श्रम संसार एपमा समेत प्रकाशन गर्नुपर्ने बताएको हो । 

श्रम मन्त्रालयले रोजगारी खोज्ने व्यक्ति र रोजगारदाताहरूलाई एकै प्लेटफर्ममा जोड्ने उद्देश्यले श्रम संसार नामक एप सञ्चालन गरिरहेको छ । आन्तरिक र र वैदेशिक रोजगारीका डिमान्ड र सूचना हेर्न सकिने एपभित्र ‘डोमेस्टिक’ र ‘फरेन’ गरी दुई विकल्प छन् । त्यसमा नेपाली र विदेशी रोजगारदाताहरूले कामको योग्यता, गर्नुपर्ने काम र अन्य आवश्यक विवरणहरू खुलाइएको सूचना राखेका हुन्छन् ।

सम्बन्धित खबर