२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

भारत काभा नेसन्स लिगको फाइनलमा

Nada
२०८१ साउन २२ गते १६:२७
Shares
भारत काभा नेसन्स लिगको फाइनलमा

काठमाडौं : भारत काभा वुमन्स नेसन्स भलिबल लिगको फाइनलमा प्रवेश गरेको छ । मंगलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्डहलमा भएको खेलमा श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गर्दै भारत फाइनलमा प्रवेश गरेको हो ।

ncell

पहिलो सेटमा भारतले श्रीलंकालाई २५-१५ ले पराजित गर्‍यो । यस्तै दोस्रो सेटमा भारत २५-१६ तथा तेस्रो सेटमा २५-२३ ले विजयी भयो । अब भारतले उपाधिका लागि आयोजक नेपाल र इरानबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाल र इरानबीचको खेल आजै सवा ५ बजे शुरु हुने छ । 

सम्बन्धित खबर