२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

एसियाली खेलकुदको भव्य उद्घाटन

Nada
२०८३ असोज ३ गते १९:२६
Shares
एसियाली खेलकुदको भव्य उद्घाटन

काठमाडौं : एसियाली खेलकुदको २०औं संस्करण जापानको नागोया पालेमा मिजुहो एथलेटिक्स रंगशालामा भव्य समारोहबीच जापानका सम्राट नारु हितोले उद्घाटन गरे ।

ncell

उद्घाटन समारोहमा नेपालसहित सबै सहभागी टिमले मार्चपास गरेका थिए । सेभ दि मिसन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष विशाल श्रेष्ठको नेतृत्वमा नेपाली टिम मार्चपासमा सहभागी भएको थियो ।

बक्सिङ खेलाडी चन्द्रबहादुर थापा र कबड्डी खेलाडी मानमति बिष्टले नेपालको झण्डा बोकेका थिए । नेपालबाट २१ खेलमा १ सय ३५ जना खेलाडीहरुले विभिन्न विधामा प्रतिस्पर्धा गर्ने राखेपअन्तर्गत प्रचार प्रसार शाखाका प्रमुख खुशराज दाहालले जनाएका छन् ।

४५ देशका ११ हजार बढी खेलाडी सहभागी छन् । जापानमा यस अघि १९५८ मा तेस्रो र १९९४ मा १२औ संस्करण आयोजना भएका थिए भने २० औ स्सकरण आयोजना भइरहेको छ ।

ताजा खबर

सम्बन्धित खबर