२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

एन्फा कोषाध्यक्ष र लेखापाललाई थप ४ दिन हिरासतमा राख्न अनुमति

Nada
२०८३ असोज ४ गते १८:१२
Shares
एन्फा कोषाध्यक्ष र लेखापाललाई थप ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ : जिल्ला अदालत ललितपुरले अखिल नेपाल फुटबल संघ (एन्फा)का कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जीव पाण्डेलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

ncell

जिल्ला न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले अनुसन्धानका लागि दुवै जनालाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको अदालतका सूचना अधिकारी टीकाध्वज कार्कीले जानकारी दिए ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले शुक्रबार एन्फाको सातदोबाटोस्थित मुख्यालयमा छापा मारेर जोशी र पाण्डेलाई पक्राउ गरेको थियो ।

पक्राउपछि प्रारम्भिक अनुसन्धानका लागि हिरासतमा राखिएका उनीहरूलाई थप अनुसन्धान अघि बढाउन सीआईबीले अदालतबाट म्याद थपको अनुमति मागेको थियो । अदालतको अनुमतिसँगै सीआईबीले एन्फासम्बन्धी विषयमा अनुसन्धानलाई थप अघि बढाउने भएको छ ।
 

ताजा खबर

सम्बन्धित खबर