२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

Nada
२०८२ चैत २५ गते १२:१५
Shares
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

काठमाडौँ : अमेरिका र इरान दुई साताका लागि युद्धविराम गर्न सहमत भएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ ।

ncell

युद्धविरामसँगै विश्वको करिब २० प्रतिशत तेल आपूर्ति हुने स्ट्रेट अफ होर्मुजमा देखिएको अवरोध हट्ने अपेक्षाले अमेरिकी कच्चा तेलको मूल्य १५ प्रतिशतभन्दा बढी घटेर प्रति ब्यारेल ९५ डलरभन्दा तल झरेको सीएनएनले जनाएको छ ।

यद्यपि यो मूल्य युद्ध सुरु हुनुअघि फेब्रुअरी २७ मा रहेको ६७.०२ डलरभन्दा अझै माथि नै छ ।

वैश्विक मानक मानिने ब्रेन्ट क्रुड पनि १२.८८ प्रतिशत घटेर ९५.१२ डलरमा झरेको छ ।

uae

सम्बन्धित खबर