
काठमाडौंः अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मंगलवार आफू दुई हप्ताको अवधिका लागि इरानमाथिको बमबारी र आक्रमण स्थगित गर्न सहमत भएको बताएका छन्। ।
ट्रम्पले सामाजिक सञ्जालमा आफ्नो यो निर्णय इरानले हर्मुजको जलडमरूमध्य पूर्ण, तत्काल र सुरक्षित रूपमा खोल्न सहमत हुनुपर्ने शर्तमा आधारित रहेको बताए । यसो गर्नुको कारण अमेरिकाले आफ्ना सबै सैन्य उद्देश्यहरू पूरा गरिसकेको र अझ त्योभन्दा बढी हासिल गरेको बताए । अमेरिका इरानसँग दीर्घकालीन शान्ति र मध्यपूर्वमा शान्तिको सम्बन्धमा एक निश्चित सम्झौताको धेरै नजिक पुगेको बताए ।