
दोहा, कतार : गए राति इरानले कतारमा गरेको आक्रमणका क्रममा ४ जना घाइते भएका छन् । गृह मन्त्रालयका अनुसार इरानी क्षेप्यास्त्रहरूलाई रोक्ने क्रममा क्षेप्यास्त्रका भग्नावशेषहरू कतारको मुराईख क्षेत्रको एक निजी निवासमा खस्दा कतारी बालकसहित ४ जना सामान्य घाइते भएका हुन् ।
सुरक्षा तथा मेडिकल टोलीहरूले तत्काल घटनास्थलमा पुगी प्राथमिक उपचार प्रदान गर्नुका साथै घाइतेहरूलाई आवश्यक उपचारका लागि अस्पताल पुर्याएका थिए ।
मन्त्रालयले सर्वसाधारणलाई सरकारले जारी गरेका निर्देशनहरूको पालना गर्न, भिडभाड नगर्न, घटनास्थल नजिक नजान र भिडियो नखिच्न आग्रह गरेको छ । साथै, एम्बुलेन्स, सिभिल डिफेन्स युनिट र सुरक्षा गस्ती टोलीलाई बिना अवरोध आफ्नो काम गर्न दिन पनि अनुरोध गरेको छ ।