२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

अमेरिका-इरानबीच दुई साताका लागि युद्धविराम

Nada
२०८२ चैत २५ गते ०७:५७
Shares
अमेरिका-इरानबीच दुई साताका लागि युद्धविराम

काठमाडौँ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्बन्धित बढ्दो तनावकाबीच दुई साताको युद्धविराम घोषणा गरेका छन् । यो निर्णयसँगै इजरायल पनि आक्रमण रोक्न सहमत भएको ट्रम्पको भनाइ छ ।

ncell

इरानले होर्मुज जलघाँटी पुन: खोल्न सहमति जनाएपछि ट्रम्पले यस्तो घोषणा गरेका हुन् । ट्रम्पले पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र फिल्ड मार्शल आसिम मुनिरसँगको कुराकानीपछि यो निर्णय लिएको बताएका छन् ।

ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्- “पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र फिल्ड मार्शल आसिम मुनिरसँगको कुराकानीका आधारमा, जसमा उनीहरूले आज राति इरानतर्फ पठाइँदै गरेको विनाशकारी शक्ति रोक्न आग्रह गरेका थिए, र इरानले होर्मुज जलघाँटी पूर्ण, तुरुन्त र सुरक्षित रूपमा खोल्ने सर्तमा, म इरानमाथि हुने बमबारी र आक्रमण दुई साताका लागि स्थगित गर्न सहमत भएको छु ।” ट्रम्पको सन्देशपछि केही समयमै इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले प्रारम्भिक सहमति भएको पुष्टि गरेका छन् ।

उनले भनेका छन्- “यदि इरानमाथिका आक्रमणहरू रोकिए भने, हाम्रो शक्तिशाली सशस्त्र बलहरूले आफ्ना प्रतिरक्षात्मक कारबाहीहरू रोक्नेछन् ।” उनका अनुसार दुई साताको अवधिमा इरानका सशस्त्र बलसँग समन्वय गरेर, प्राविधिक सीमाहरूलाई ध्यानमा राख्दै, होर्मुज जलमार्ग हुँदै सुरक्षित आवतजावत सम्भव हुनेछ ।

uae

सम्बन्धित खबर