२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

एक करोड ४० लाख नागरिक बलिदानका लागि तयार छन् : इरानी राष्ट्रपति

Nada
२०८२ चैत २४ गते १६:५७
Shares
एक करोड ४० लाख नागरिक बलिदानका लागि तयार छन् : इरानी राष्ट्रपति

काठमाडौँ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्ट्रेट अफ होर्मुज खोल्ने समयसीमा नजिकिँदै गर्दा इरानी राष्ट्रपतिले एक करोड ४० लाखभन्दा बढी नागरिक देशको रक्षाका लागि जीवन बलिदान गर्न तयार रहेको पुष्टि गरेका छन् ।

ncell

राष्ट्रपति मसुद पेजेस्कियानले एक्समा पोस्ट गर्दै आफू पनि देशका लागि बलिदान दिन तयार रहेको बताएका छन् ।

“एक करोड ४० लाखभन्दा बढी गर्वित इरानीहरूले आफ्नो जीवन इरानको रक्षामा समर्पित गर्न तयार रहेको घोषणा गरेका छन् । म पनि इरानका लागि बलिदानी भएको छु, छु र हुनेछु”, उनले लेखेका छन् ।

यसअघि, इरानका उप खेलकुद मन्त्री अलिरेजा रहिमीले खेलाडी, कलाकार, विद्यार्थी र शिक्षकहरूलाई पावर प्लान्ट वरिपरि ‘मानव शृङ्खला’ बनाउन आह्वान गरेका थिए ।

यो कदम अमेरिकी राष्ट्रपति ट्रम्पको निर्धारित अल्टिमेटमसँग सम्बन्धित थियो, जसमा उनले इरानले स्ट्रेट अफ होर्मुजबाट ढुवानी पुनः सुरु नगरेमा देशका सबै पावर प्लान्ट र प्रमुख पुलहरूमा बमबारी हुने चेतावनी दिएका थिए ।
 

uae

सम्बन्धित खबर