२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

इरानद्वारा कतारमा मिसाइल प्रहार : तेल ट्यांकरमा क्षति

Nada
तिलु शर्मा पौडेल
२०८२ चैत १८ गते १९:०६
Shares
इरानद्वारा कतारमा मिसाइल प्रहार : तेल ट्यांकरमा क्षति

दोहा कतार : इरानले कतारमा 'एक्वा १' नामक इन्धन तेल बोकेको ट्यांकर जहाजमाथि मिसाइल आक्रमण गरेको छ । कतारको उत्तरी समुद्री क्षेत्रमा रहेको उक्त जहाज कतार इनर्जीद्वारा चार्टर गरिएको थियो । 

ncell

कतारको रक्षा मन्त्रालयका अनुसार प्रहार गरिएका तीनमध्ये दुई वटा मिसाइललाई सशस्त्र बलले आकाशमै निष्क्रिय पारेका थिए भने तेस्रो मिसाइल ट्यांकरमा खसेको जनाएको छ । उक्त घटनापछि आवश्यक सुरक्षात्मक प्रक्रिया तत्काल लागू गरिएको र सम्बन्धित निकायहरूसँग समन्वय गरी ट्यांकरलाई सुरक्षित रूपमा खाली गराइएको मन्त्रालयले स्पष्ट पारेको छ । 

ट्यांकरमा रहेका २१ जना सदस्यहरू सुरक्षित रहेको र कुनै मानवीय क्षति नभएको पनि मन्त्रालयले जनाएको छ ।

uae

सम्बन्धित खबर