२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

अस्ट्रेलियाद्वारा इन्धन करमा ५० प्रतिशत कटौतीको घोषणास उपभोक्तालाई ठुलो राहत मिल्ने

Nada
२०८२ चैत १८ गते ११:१६
Shares
अस्ट्रेलियाद्वारा इन्धन करमा ५० प्रतिशत कटौतीको घोषणास उपभोक्तालाई ठुलो राहत मिल्ने

काठमाडौः अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानिजले इन्धनको आकाशिएको मूल्यलाई मध्यनजर गर्दै सरकारले इन्धनमा लाग्ने करलाई आगामी तीन महिनाका लागि आधा घटाउने घोषणा गरेका छन् । राज्य र क्षेत्रका नेताहरूसँगको बैठकपछि क्यानबेरामा सञ्चारकर्मीहरूसँग बोल्दै प्रधानमन्त्री अल्बानिजले बुधबारदेखि लागू हुने गरी आगामी तीन महिनासम्म ‘फ्युल एक्साइज’ (इन्धन अन्तःशुल्क) कटौती गरिने जानकारी दिए । 

ncell

मध्यपूर्वमा जारी द्वन्द्वका कारण सिर्जित तेल संकटले इन्धनको मूल्य बढिरहेको सन्दर्भमा यस पहलले पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर २६.३ सेन्टले घटाउने उनले बताए । अस्ट्रेलियन इन्स्टिच्युट अफ पेट्रोलियम (एआइपी) को पछिल्लो तथ्याङ्कअनुसार आइतवार समाप्त भएको हप्तामा नियमित ‘अनलेडेड’ इन्धनको राष्ट्रिय औसत मूल्य प्रतिलिटर २.५३ अस्ट्रेलियन डलर करिव १.७३ अमेरिकी डलरं पुगेर नयाँ कीर्तिमान कायम गरेको छ । यो अघिल्लो हप्ताको २.३८ अस्ट्रेलियन डलरको तुलनामा ६.३ प्रतिशतको वृद्धि हो । त्यसैगरी, सोही अवधिमा डिजेलको औसत राष्ट्रिय मूल्य ९.७ प्रतिशतले बढेर प्रतिलिटर ३.१ अस्ट्रेलियन डलर पुगेको एआइपीले जनाएको छ । 

यसका साथै, ढुवानी क्षेत्र (ट्रकिङ उद्योग) लाई राहत दिन ठुला सवारी साधनले प्रयोग गर्ने डिजेलमा लाग्दै आएको प्रतिलिटर ३२.४ सेन्टको ‘रोड युजर चार्ज’ लाई पनि तीन महिनाका लागि शून्यमा झारिएको उनले घोषणा गरे । अस्ट्रेलियाका कोषाध्यक्ष जिम चालमर्सका अनुसार यी दुई उपायहरू कार्यान्वयन गर्दा सरकारी राजस्वमा करिब २.५५ अर्ब अस्ट्रेलियन डलर बराबरको भार पर्ने अनुमान गरिएको छ । जीवनयापनको बढ्दो लागत कम गर्ने उपायहरूका अतिरिक्त, प्रधानमन्त्री अल्बानिजले सोमबार राज्य र क्षेत्रका नेताहरू इन्धन सुरक्षाका विषयमा सरकारहरू कसरी मिलेर काम गर्ने भन्ने बारे एक राष्ट्रिय योजनामा समेत सहमत भएको जानकारी दिए । 

uae

सम्बन्धित खबर