२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

ओली–लेखक पक्राउ गर्ने–नगर्ने विषयको छिनोफानो अदालतले गर्ने होः पूर्वएआईजी गुरुङ

Nada
२०८२ चैत १६ गते १४:०९
Shares
ओली–लेखक पक्राउ गर्ने–नगर्ने विषयको छिनोफानो अदालतले गर्ने होः पूर्वएआईजी गुरुङ

काठमाडौंः पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बुद्धिराज गुरुङले पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पक्राउ गर्ने विषयको छिनोफानो अदालतले गर्ने टिप्पणी गरेका छन् । 

ncell

सरकारले ओली र लेखकलाई विभिन्न दबाबमा परेर तत्काल पक्राउ गरेको भएपनि त्यसो गर्नु ठिक हो वा होइन ? भन्नेकुराको निरुपण भने अदालतले मात्रै गर्न सक्ने उनको भनाइ थियो । सोमवार काठमाडौंमा आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वएआईजी गुरुङले प्रशासनिक हिसावबाट कहिले काँही कुनै व्यक्तिलाई केही समयका लागि न्यायिक हिरासतमा नै राखेर अनुसन्धान गर्नुपर्ने भएपनि त्यसलाई निर्णय लिने निकाय भनेको सरकार नभई न्यायिक निकायबाट हुने स्पष्ट पारे ।

पूर्वएआईजी गुरुङले सुरक्षाकर्मीलाई बल प्रयोग गर्ने अधिकार आदेशले नभई कानुनले दिने तथ्य भुल्न नहुने पनि बताए । सुरक्षाकर्मीलाई बल प्रयोग गर्ने अवस्था र अधिकार कानुनमा स्पष्ट उल्लेख गरिएकाले त्यसमा माथिबाट आउने आदेशको कुनै अर्थ नहुने उनको तर्क थियो ।  

uae

सम्बन्धित खबर