२०८३ कार्तिक १० गते मङ्गलवार / Oct 27 , 2026 , Tuesday
२०८३ कार्तिक १० गते मङ्गलवार

पाकिस्तानको राजधानीमा ग्यास विष्फोट : मृत्यु हुनेको संख्या ८ पुग्यो

Nada
२०८२ पुष २८ गते ११:५४
Shares
पाकिस्तानको राजधानीमा ग्यास विष्फोट : मृत्यु हुनेको संख्या ८ पुग्यो

काठमाडौंः किस्तानको राजधानी इस्लामावादमा एक विवाह समारोह भइरहेको घरमा भएको ग्यास विष्फोटमा परी नवविवाहित दम्पतीसहित मृत्यु हुनेको संख्या आठ पुगेको छ ।

स्थानीय अधिकारीहरूकाअनुसार आईतवार भएको उक्त घटनामा अन्य ११ जना घाइते भएका छन् । इस्लामावादका डेपुटी कमिश्नर इरफान नवाज मेमनले स्थानीय समय अनुसार राति करिव २ बजे एक आवासीय भवनमा विवाह उत्सव चलिरहेका बेला विष्फोट भएको जानकारी दिए ।

विष्फोटका कारण आसपासका संरचनाहरूमा समेत क्षति पुगेको छ । हालसम्म भग्नावशेषमा फसेका १९ जनाको उद्धार गरिएको छ । घाइतेहरूलाई उपचारका लागि नजिकैको अस्पतालमा भर्ना गरिएको छ । उद्धार टोलीका अनुसार विष्फोटबाट वरपरका कम्तीमा चारवटा घर प्रभावित भएका छन् । विष्फोटको वास्तविक कारण पत्ता लगाउन विस्तृत अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन् ।  

ताजा खबर

सम्बन्धित खबर