२०८३ कार्तिक १० गते मङ्गलवार / Oct 27 , 2026 , Tuesday
२०८३ कार्तिक १० गते मङ्गलवार

एनपिएलमा चितवनको विजयी सुरुवात

Nada
२०८३ कार्तिक १० गते १६:२४
Shares
एनपिएलमा चितवनको विजयी सुरुवात

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)मा चितवन राइनोजले विजयी सुरुवात गरेको छ । मंगलबार भएको खेलमा विराटनगर किंग्सलाई ८ रनले पराजित गर्दै चितवनले प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १४९ रनमा अलआउट भयो ।

विराटनगरका लागि इमरान शेखले ३९ तथा आन्द्रे रसेलले ३३ रन जोडे । लोकेश बमले २६, बसिर अहमदले १३ रन जोडे ।

बलिङतर्फ चितवनका कमल सिंह ऐरीले चार विकेट लिए । रिजन ढकालले दुई तथा टम टेलर, डान मोस्ली, मौसम ढकाल र रन्जित कुमारले एक–एक विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १५७ रन बनाएको थियो ।

चितवनका लागि डेविड मलानले अर्धशतकीय इनिङ खेले । ५० बल खेलेका उनले ५ छक्का र ५ चौकाको सहयोगमा ७० रन बनाए । रवि बोपराले २६ बलमा ३१ रन बनाए भने डान मुस्लीले २२ बलमा २९ रन बनाए ।

विराटनगरका लागि चरिथ असलंका, आन्द्रे रसेल र एन्जेलो म्याथ्युजले समान १-१ विकेट लिए ।

ताजा खबर

सम्बन्धित खबर