२०८३ कार्तिक २ गते सोमवार / Oct 19 , 2026 , Monday
२०८३ कार्तिक २ गते सोमवार

ओमानविरुद्ध जित निकाल्दै नेपाल लिग-२ को शीर्ष ६ मा

Nada
२०८३ कार्तिक २ गते १९:४५
Shares
ओमानविरुद्ध जित निकाल्दै नेपाल लिग-२ को शीर्ष ६ मा

काठमाडौं : नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत अन्तिम खेलमा ओमानविरुद्ध जित हात पारेको छ ।

ncell

सोमबार भएको खेलमा नेपालले ओमानलाई १० रनले पराजित गरेको हो ।

नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २७० रन मात्र बनाउन सक्यो ।

ओमानका जतिन्दर सिंहले ११४ बलमा ८९ रन बनाए भने हम्माद मिर्जाले ९७ बलमा ८७ रन जोडे ।

नेपालका लागि ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले २-२ विकेट लिए । सन्दीप लामिछाने र नन्दन यादवले एक-एक विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २८० रन बनाएको थियो । नेपालका लागि रोहित पौडेलले सर्वाधिक ८० रन बनाए । उनले ८१ बलको सामना गरेका थिए ।

uae

सम्बन्धित खबर