
काठमाडौं : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा चितवन राइनोजले विराटनगर किंग्सलाई १५८ रनको लक्ष्य दिएको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १५७ रन बनायो ।
चितवनका लागि डेविड मलानले अर्धशतकीय इनिङ खेले । ५० बल खेलेका उनले ५ छक्का र ५ चौकाको सहयोगमा ७० रन बनाए । रवि बोपराले २६ बलमा ३१ रन बनाए भने डान मुस्लीले २२ बलमा २९ रन बनाए ।
विराटनगरका लागि चरिथ असलंका, आन्द्रे रसेल र एन्जेलो म्याथ्युजले समान १-१ विकेट लिए ।