
प्रेस, केवल शब्दको धारा होइन,
प्रेस लोकतन्त्रको जीवन्त आवाज हो ।
समाचारको कलमले झुट
र भ्रान्ति विरुद्ध उज्यालो फ्याँक्छ,
जनताको अधिकार र हक–अधिकारको रक्षा गर्छ ।
नेपालमा प्रेस स्वतन्त्रता संवैधानिक अधिकार बनेको छ ।
प्रेस काउन्सिल, मिडिया काउन्सिल,
नेपाल पत्रकार महासंघले पत्रकारिता
र सूचना पहुँचको संरक्षण गर्दै आएका छन् ।
तर अझै चुनौतीहरू छन्– राजनीतिक दबाब,
आर्थिक निर्भरता, डिजिटल प्लेटफर्ममा गलत सूचनाहरू
र ग्रामीण क्षेत्रमा अप्ठ्यारोमा सीमित पहुँच ।
केही पत्रकार धम्की, आत्म–संशोधन
र अदृश्यमा डरको दबाबमा छन् ।
अब समय आएको छ डिजिटल युगको ।
प्रेसको स्वतन्त्रता र सूचना पहुँच दुवै सुरक्षित गर्न ।
कानुन सुदृढ बनाऔँ, पत्रकारलाई सुरक्षा
र प्रशिक्षण मार्फत प्रेस स्वतन्त्रता उपलब्ध गराऔँ ।
डिजिटल युगमा भ्रामक सूचना नियन्त्रण
र स्वतन्त्रता बिच सन्तुलन कायम गरौँ ।
नागरिकलाई मिडिया साक्षर बनाऔँ,
जिम्मेवार पाठकको संस्कार र संस्कृति फैलाऔँ ।
पत्रकारको कलम केवल कागजको अक्षर होइन,
प्रेस समाजको नजर, लोकतन्त्रको प्रहरी
र भविष्यको मार्गदर्शक तथा समृद्ध समाजको खम्बा हो ।
जबसम्म प्रेस स्वतन्त्र छ, लोकतन्त्र बलियो छ ।
सकारात्मक सोच, सहकार्य र जागरूकताले मात्र सूचना
र विचारको स्वतन्त्रतालाई सुरक्षित राख्न सकिन्छ ।
पत्रकारिता शिक्षा, वृत्ति परक क्षमता,
डिजिटल प्लेटफर्मको पारदर्शिता,
र समुदायमा मिडिया जागरूकता अभियान आवश्यक ।
प्रेस स्वतन्त्रता– लोकतन्त्रको उज्यालो हो,
जसले समाज र देशको भविष्य हेर्ने दृष्टि दिन्छ ।