
पर्सा : वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको प्रथम चार महिनामा रु. ३३ अर्ब २१ करोड बराबरका उत्पादन निर्यात भएका छन् ।
गत आवको सोही अवधिमा रु. १३ अर्ब ६४ करोड मूल्य बराबरका उत्पादन निर्यात भएका थिए ।
वीरगञ्ज भन्सारका प्रमुख विष्णुप्रसाद ज्ञवालीका अनुसार रु. १७ अर्ब ३२ करोडको भटमासको तेल र रु. दुई अर्ब ६० करोड बराबरको फलफूलको जुस निर्यात भएको छ ।