२०८२ मंसिर ११ गते बिहिवार / Nov 27 , 2025 , Thursday
२०८२ मंसिर ११ गते बिहिवार
Ads

अब युएई भिसाका लागि ‘पुलिस रिपोर्ट’ अनिवार्य

shivam cement
२०८२ मंसिर ११ गते ०६:२०
Shares
अब युएई भिसाका लागि ‘पुलिस रिपोर्ट’ अनिवार्य

काठमाडौं : संयुक्त अरब इमिरेट्स (युएई)ले नेपाली नागरिकको भिसाका लागि प्रहरी रिपोर्ट अनिवार्य गरेको छ । काठमाडौंस्थित युएई दूतावासका अनुसार नेपाली नागरिकले भिजिट र श्रम भिसाका लागि एप्लाइ गर्दा नेपाल प्रहरीको असल चालचलन रिपोर्ट अनिवार्य गरिएको छ ।

गत भदौमा भएको अप्रत्याशित जेनजी आन्दोलनपछि अघोषित रूपमा रोकिएको भिजिट भिसा यसअघि नै खुलिसकेको छ भने श्रमिकका लागि जारी हुने वर्किङ भिसा प्रहरी चालचलन रिपोर्टका आधारमा खुला भएको वैदेशिक रोजगार व्यवसायीहरूले बताएका छन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघ र युएईमा कामदार पठाउने वैदेशिक रोेजगार व्यवसायीले प्रहरी रिपोर्ट लिएर नेपालीका लागि भिसा खुलाउन पहल गर्न युएईस्थित नेपाली दूतावास र नेपाल सरकारलाई आग्रह गर्दै आएका थिए ।

ADV

सम्बन्धित खबर