२०८२ मंसिर ११ गते बिहिवार / Nov 27 , 2025 , Thursday
२०८२ मंसिर ११ गते बिहिवार
Ads

पशुपतिनाथ मन्दिरभित्रका फलामे बार हटाइने

shivam cement
२०८२ मंसिर ११ गते ०७:३७
Shares
पशुपतिनाथ मन्दिरभित्रका फलामे बार हटाइने

काठमाडौँ : विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरबाट फलामका बार हटाइने भएको छ ।

पशुपतिनाथ मूल मन्दिरभित्र भक्तजनलाई लाममा राख्न सजिलो हुने भनेर राखिएको फलामको बारले सम्पदालाई असर गर्ने भएपछि हटाउने तयारी गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले मूल मन्दिरभित्र लाम व्यवस्थित गर्न राखिएको फलामलाई काठ र डोरीले प्रतिस्थापित गरिने जानकारी दिए ।

पुरातत्त्व विभागले पनि कोषलाई फलामका बार र फलामबाट बनाइएको आकाशे पुल हटाउन भनेको थियो । विभागका प्रमुख पुरातत्त्व अधिकृत सन्दीप खनालले विश्व सम्पदा क्षेत्रलाई यसरी राखिएका फलामे सामग्रीले असर गर्ने भएपछि हटाउन पत्राचार गरिएको जानकारी दिए । 

ADV

सम्बन्धित खबर