
काठमाडौँ : जनता दल यूनाइटेड (जेडीयू) का नेता नितिश कुमार भारतको बिहार राज्यका नयाँ मुख्यमन्त्री बन्दै छन् । कुमारले आज दशौँ पटक बिहारको मुख्यमन्त्री पदको शपथग्रहण लिने भएका छन् ।
बुधबार राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए)विधायक दलको बैठकमा नेता निर्वाचित भएपछि नीतीश कुमारले हिजो साँझ राज्यपाल आरिफ मोहम्मद खानसँग भेट गरेका थिए ।
एनडीएका अन्य नेताहरूसँगै नीतीश कुमारले बिहारमा सरकार बनाउने दाबी पेस गरेका थिए । बिहारमा नयाँ एनडीए सरकारको शपथग्रहण समारोह पटनाको गान्धी मैदानमा हुनेछ ।
शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी पनि उपस्थित हुनेछन् । यसैबीच भारतका गृहमन्त्री अमित शाह बुधबार साँझ नै बिहारको राजधानी पटना पुगिसकेका छन् ।