२०८२ कार्तिक ३० गते आइतवार / Nov 16 , 2025 , Sunday
२०८२ कार्तिक ३० गते आइतवार
Ads

बिहारको विधान सभा चुनाव, नीतिशको शासनलाई पुनः वैधानिकता

shivam cement
२०८२ कार्तिक ३० गते ०६:३०
Shares
बिहारको विधान सभा चुनाव, नीतिशको शासनलाई पुनः वैधानिकता

काठमाडौं : नीतिश कुमार लगातार २० वर्षदेखि बिहारको शासनसत्ताको नेतृत्व गरिरहेका छन् । हालै सम्पन्न विधान सभा चुनावमा जनताले नीतिशको शासनलाई पुनः वैधानिकता दिएका छन् । अब उनी फेरि मुख्यमन्त्रीमा रहिरहन चाहे १०औंपटक बिहारको मुख्यमन्त्री हुनेछन् । 

चुनावमा मुख्यतः दुईवटा गठबन्धन थिए । एउटा एनडिए र अर्को महागठबन्धन । एनडिएले २ सय ४२ सिटमध्ये २ सय २ सिटमा जित हात पार्‍यो । एनडिएले दुई तिहाइ बहुमत प्राप्त गर्ने चुनावमा नीतिशकै नीति र नेतृत्वको चर्चा गरिएको थियो । 

एनडिएमा भारतीय जनता पार्टी (भाजपा) र नीतिश कुमार नेतृत्वको जनता दल (युनाइटेड)सहित केही साना दल रहेका छन् । महागठबन्धनमा काग्रेस, आरजेडी र कम्युनिस्ट पार्टीहरू थिए ।

निर्वाचन आयोगका अनुसार भाजपाले ८९ तथा नीतिश नेतृत्वको युनाइटेडले ८५ सिट हात पारेको छ । बाँकी साना दलहरूको जित भएको छ । 

महागठबन्धनले ३५ सिट जितेको छ । महागठबन्धनको मुख्य घटक कांग्रेसले ६ सिट जितेको छ । 

भारतीय अधिकारीहरूका अनुसार नीतिश कुमारले महिला, युवा र तल्लो वर्गलाई लक्षित गर्दै विभिन्न योजना प्रस्तुत गरे, जसलाई जनताले पत्याइदिए । जातीय समीकरणलाई ध्यानमा राख्दै काम गर्दै आएका छन् । यसकारण उनको नेतृत्वलाई जनताले पुनः वैधानिकता प्रदान गरे । 

एनडिए गठबन्धनले २ सय २ सिट जित्दा महागठबन्धनले मात्र ३५ सिट जितेको छ । नीतिश कुमारलाई सत्ताबाट बाहिर निकाल्ने गरी लालुप्रसाद यादवका कान्छा छोरा तेजस्वी यादवको नेतृत्वमा रहेको आरजेडीले कंग्रेस र कम्युनिस्ट पार्टीहरूसँग मिलेर महागठबन्धन बनाएका थिए ।

एनडिएले ऐतिहासिक जित हासिल गर्दा विपक्षी महागठबन्धनले  ठुलो हार खान पुग्यो । यसको कारणमा गठबन्धनभित्रै सिट बाँडफाँटमा आपसमा कलह रहनुलाई मानिएको छ । उम्मेदवारका प्राथमिकतामा यादवहरू परेको भनेर टिप्पणी भएका छन् । बिहारमा यादवको संख्या करिब १४ प्रतिशत छ । तर उम्मेदवारमा यादव प्राथमिकतामा परेपछि गैर–यादव मतदाता टाढिए ।

महागठबन्धनले पूरा गर्न नसकिने नारासमेत दिएको थियो । जस्तै राज्यका हरेक परिवारमा एक सरकारी नोकरी दिने वाचा गरिएको थियो । जो पत्याउन गाह्रो पर्छ । महिला समूहहरूलाई ३० हजार दिने भनिएको थियो तर त्यो पैसा कहाँबाट ल्याउने भनिएको थिएन ।

ADV

सम्बन्धित खबर