२०८२ कार्तिक ३० गते आइतवार / Nov 16 , 2025 , Sunday
२०८२ कार्तिक ३० गते आइतवार
Ads

महायज्ञमार्फत आश्रम बनाउन नौ करोड ६९ लाख संकलन

shivam cement
२०८२ कार्तिक ३० गते ०८:४५
Shares
महायज्ञमार्फत आश्रम बनाउन नौ करोड ६९ लाख संकलन

बागलुङ । मानव सेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका लागि आयोजना गरिएको श्रीमद् भागवत ज्ञान विज्ञान महायज्ञ समापन गरिएको छ । महायज्ञमा रु. नौ करोड ६९ लाख संकलन भएको छ । कात्तिक २१ गतेबाट बागलुङ नगरपालिका-४ स्थित आश्रम निर्माणका लागि आयोजित महायज्ञ शनिवार समापन गरिएको छ ।

महायज्ञमा शुक्रवार मात्र रु. एक करोड ३४ लाख संकलन भएको थियो । बिहीबार सबैभन्दा बढी रकम रु. एक करोड ६२ लाख संकलन भएको महायज्ञ आयोजक समितिका कोषाध्यक्ष सरिता गौतमले जानकारी दिइन् । महायज्ञमा रु. १० करोड संकलन गर्ने लक्ष्य राखिएकामा लक्ष्यको नजिक पुगेको बताउँदै अझै पनि अनलाइनमार्फत सहयोग आउने क्रम जारी रहेको उनले बताइन् ।

महायज्ञमा शनिवार सबैभन्दा बढी रकम बागलुङ नगरपालिका-४ उपल्ला चौरका ऋषिराम गौतम तथा सरिता गौतमले रु. छ लाख नौ हजार सहयोग प्रदान गरिन् । शनिवार आश्रमका चार कोठा निर्माणका लागि एकमुष्ट रु. २० लाख सहयोग प्राप्त भएको छ । आश्रम एक कोठा निर्माणका लागि रु. पाँच लाख ११ हजार संस्थागत रूपमा समेत प्राप्त भएको छ ।

ADV

सम्बन्धित खबर