
काठमाडौँ : गाजामा नरसंहारको आरोपमा टर्कीले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र उनको सरकारका वरिष्ठ अधिकारीहरू विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
समाचार एजेन्सी एएफपीका अनुसार टर्की सरकारले शुक्रबार यो घोषणा गरेको हो ।
इजरायलले कडा विरोध जनाएको छ। इजरायली विदेशमन्त्री गिडियन सारले भने कि उनको देशले यी आरोपहरूको कडा निन्दा गर्दछ र तिनीहरूलाई पूर्ण रूपमा अस्वीकार गर्दछ ।
उनले भने, ‘यो टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको ‘तानाशाहु द्वारा गरिएको नयाँ जनसम्पर्क अभ्यास हो ।’
इस्तानबुल अभियोजकको कार्यालयले एक विज्ञप्तिमा भनेको छ कि कुल ३७ संदिग्धहरूको लागि पक्राउ वारेन्ट जारी गरिएको छ, यद्यपि पूर्ण सूची जारी गरिएको छैन ।
यसमा इजरायलका रक्षामन्त्री इजरायल काट्ज, राष्ट्रिय सुरक्षामन्त्री इटामार बेन ग्विर र सेना प्रमुख लेफ्टिनेन्ट जनरल इयाल जामिरको नाम समावेश छ ।
टर्कीले यी अधिकारीहरूलाई ‘नरसंहार र मानवता विरुद्धको अपराध’ गरेको आरोप लगाएको छ । टर्कीले इजरायलले गाजामा ‘व्यवस्थित नरसंहार’ गरेको बताएको छ ।