२०८२ कार्तिक २२ गते शनिवार / Nov 08 , 2025 , Saturday
२०८२ कार्तिक २२ गते शनिवार
Ads

काठमाडौंमा के-फुड कार्यक्रम सम्पन्न 

shivam cement
२०८२ कार्तिक २२ गते १६:२०
Shares
काठमाडौंमा के-फुड कार्यक्रम सम्पन्न 

काठमाडौं : नेपालस्थित गणतन्त्र कोरियाली दूतावासले ८ नोभेम्बर (शनिबार) राजदूत निवास काठमाडौंमा के-फुड कार्यक्रम सम्पन गरेको छ । कोरियामा कामको अनुभव लिएका तथा कोरिया सरकारको छात्रवृतिमा अध्ययन गरी नेपाल फर्केका विद्यार्थीहरूले कोरियाली खानामार्फत कोरियाको सम्झनाहरू साट्ने अवसर प्राप्त गरे ।

नेपालका लागि गणतन्त्र कोरियाका राजदूत थेयङ पार्कले बधाई मन्तव्यका क्रममा कोरियामा अनुभव लिई फर्किएका कामदार तथा पूर्व विद्यार्थीहरूका लागि कोरियाली खाना र कोरियाको अविस्मरणीय क्षणहरू परिवार र साथीहरूसँग साटासाट गर्ने अर्थपूर्ण अवसरको रुपमा कार्यक्रमलाई प्रकाश पारे । 

राजदूत पार्कले सहभागीहरूप्रति कृतज्ञता व्यक्त गर्दै के-पप, के-ड्रामा र के-फुडमार्फत नेपालमा कोरियाली संस्कृतिको बढ्दो प्रभावको प्रसंसा गरे । उनले कोरिया र नेपालबीचको सांस्कृतिक सम्बन्धलाई सुदृढ पार्ने कुरामा जोड दिँदै कोरियामा आफ्नो बहुमूल्य समय विताएर, आज नेपालमा साथीभाइ र परिवारसँग कोरियाली खानाको स्वाद दिलाउने अवसर प्रदान गर्ने उद्देश्य लिएर उक्त कार्यक्रम आयोजना गरेको धारणा राखे ।

शनिबार भएको कार्यक्रम पनि गत अगष्ट महिनामा काठमाडौंमा सम्पन्न के-फुड उद्यमशीलता तालिमको एक हिस्साको रुपमा कोरियाली सरकारले जारी गरिरहेको कोरियाबाट फर्किएका कामदारको पुनर्एकीकरण कार्यक्रम नै भएको आयोजकले जनाएको छ । कोरियाली सरकारले नेपाली युवाहरूको लागि दिगो स्टार्टअप इकोसिस्टमको लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ भने नेपालमा  रोजगारी सिर्जना गर्ने र नेपालको अर्थतन्त्रलाई सुदृढ पार्ने लक्ष्य पनि राखेको छ ।

शनिबारको कार्यक्रममा दूतावासका कर्मचारीहरूसहित ३५ जनाभन्दा बढी सहभागीहरू उपस्थित भएका थिए ।

ADV

सम्बन्धित खबर