
काठमाडौँ : नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले उच्च मनोबलका साथ काम गर्न उद्योगी, व्यवसायीलाई आग्रह गरेका छन् ।
शनिवार काठमाडौँमा आयोजित कार्यक्रममा राष्ट्रिय आर्थिक बहस २.० मा बोल्दै उनले जेन जेड आन्दोलनपछि उत्पन्न परिस्थितिलाई अवसरको रूपमा लिएर उच्च मनोबलका साथ काम गर्न निजी क्षेत्रलाई आग्रह गरेका हुन् ।
गभर्नर पौडेलले नयाँ बिजनेस बनाएर अघि बढ्न सके केही दुर्घटना परेजस्तो देखिएको नेपालको उद्योग व्यवसाय सुधार हुने अवस्था रहेकोसमेत बताए। ‘नयाँ विजनेस बनाउनुस्, उच्च मनोबलका साथ काम गर्नुस् । एउटा दुर्घटनाजस्तो भयो । तर तत्काल वैधानिक गभर्मेन्ट छ । हामीहरू सबैले तपाईँहरूसँग कम्युनिकेसनमा बसिराखेका छौँ’ उनले भने ।
उनले अहिले वैधानिक सरकार रहेको र केही समयपछि जन निर्वाचित सरकार बन्ने भएकाले उद्योग क्षेत्रको विकासमा अघि बढ्नका लागि निजी क्षेत्रले निराश भएर बस्नुपर्ने अवस्था नरहेको बताए ।