
काठमाडौं : मधेश प्रदेशका सांसद रहबर अन्सारीले आफ्नै अनुहारमा कालो मोसो दलेका छन् । प्रदेशसभाको बैठक चलिरहेका बेला सांसद अन्सारीले आफ्नै अनुहारमा कालो मोसो दलेका हुन् ।
प्रदेशसभामा मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिइरहेको बेला उनले मोसो दलेका हुन् । उनले दल र नेताहरू अनैतिक बन्दै गएको भन्दै आलोचना समेत गरे ।
प्रदेश सभाको शनिबारको बैठकमा प्रदेश सांसद रहबर अन्सारी र माला कर्णले मुख्यमन्त्री सोनलको सरकारलाई विश्वासको मत नदिने घोषणा गरेका हुन् ।
सदनमा बोल्दै आफ्नो अनुहारमा कालो मसो लगाउँदै प्रदेश सांसद अन्सारी र कर्णले मुख्यमन्त्री सोनललाई विश्वासको मत नदिने बताए ।