२०८२ मंसिर ४ गते बिहिवार / Nov 20 , 2025 , Thursday
२०८२ मंसिर ४ गते बिहिवार
Ads

पाँचथरको ओडारमा भेटिए झापामा लुटिएका हतियार

shivam cement
२०८२ मंसिर ४ गते ०७:४४
Shares
पाँचथरको ओडारमा भेटिए झापामा लुटिएका हतियार

झापा : जेन जेड प्रदर्शनका क्रममा गत भदौ २४ गते दमक इलाका प्रहरी कार्यालयबाट लुटिएका दुई थान हतियार पाँचथरको मिक्लाजुङ गाउँपालिका-३ आरुबोटेस्थित जंगलको ओडारमा फेला परेका छन् ।

आज ०३११०२७३९ सिरियल नम्बरको एक थान इन्सास राइफल र ६२०३८ सिरियल नम्बरको एक थान थ्रिनटथ्री राइफल भेटिएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार इलाका प्रहरी कार्यालयमा आगजनी र लुटपाट गरेर फरार रहेका मिक्लाजुङ–३ का २२ वर्षीय सुशील फियाक लिम्बूलाई प्रहरीले मंगलवार दमक-२ बाट पक्राउ गरेको थियो । लिम्बूकै बयानका आधारमा पाँचथर प्रहरीसँग समन्वय गरी हतियार बरामद गरिएको हो ।

 बरामद हतियारसँगै इन्सास राइफलको जंगी राउन्ड एक थान र एसएलआरको जंगी राउन्ड तीन थान प्रहरीले बरामद गरेको जनाएको छ । पक्राउ परेका लिम्बूलाई हातहतियार तथा खरखजाना कसुरमा थप अनुसन्धान भइरहेको छ । 

ADV

सम्बन्धित खबर