
काठमाडौँ : नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । बैठक बिहीबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने एमालेको केन्द्रिय सचिवालयले जनाएको छ ।
बैठकमा मंसिर ६ गते एमालेले गर्ने जनप्रदर्शन, पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन र फागुनमा हुने आमनिर्वाचनका लागि एमालेको सहभागिताबारे छलफल हुने बताइएको छ ।
पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन मङ्सिर २७, २८ र २९ गते काठमाडौँमा हुदैछ । यिनै विषय पनि बैठकमा छलफल हुने जनाइएको छ ।