२०८२ कार्तिक ३० गते आइतवार / Nov 16 , 2025 , Sunday
२०८२ कार्तिक ३० गते आइतवार
Ads

रमेश क्षितिजकाे 'एउटा मायी नगरमा'लाई लालबन्दी नगर वाङ्‌मय पुरस्कार

shivam cement
२०८२ कार्तिक २९ गते २०:१६
Shares
रमेश क्षितिजकाे 'एउटा मायी नगरमा'लाई लालबन्दी नगर वाङ्‌मय पुरस्कार

काठमाडौं : लालबन्दी नगर वाङ्‌मय परिषद् लालबन्दी, सर्लाहीले 'लालबन्दी नगर वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कार -२०८२' रमेश क्षितिजकाे 'एउटा मायी नगरमा' आख्यानलाई प्रदान गर्ने निर्णय गरेकाे छ । स्वतन्त्र विज्ञहरूसहितको पुरस्कार छनोट समितिले छनोट गरेका उत्कृष्ट दश कृतिहरूमध्येबाट क्षितिजकृत 'एउटा मायी नगरमा' आख्यान छनोट भएकाे हाे ।

‎यस्तै 'लालबन्दी नगर वाङ्‌मय परिषद् स्थानीय प्रतिभा पुरस्कार -२०८२' लामो समयदेखि पत्रकारिता र साहित्य सिर्जना गर्दै आएका कृष्ण समर्पणले पाउने भएका छन् । लालबन्दी नगर वाङ्‌मय स्थानीय प्रतिभा पुरस्कारको राशि २५ हजार र  लालबन्दी नगर वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कार २०८२ (राष्ट्रिय) को पुरस्कार राशि ५० हजार रुपैयाँ रहेको छ ।

‎‎यसैगरी लालबन्दी नगर वाङ्‌मय परिषद्ले साहित्यिक सहिद कृष्णलाल अधिकारी स्मृति पुरस्कार-२०८२  साहित्यकार दिनेश अधिकारीलाई प्रदान गर्ने निर्णय गरेको छ । साहित्यका माध्यमबाट क्रुर जहानियाँ राणा शासनको अन्त्यका लागि होमिँदा होमिँदै सहिद बन्‍न पुगेका 'मकै' पुस्तकका लेखक कृष्णलाल अधिकारीको स्मृतिमा पुरस्कार कोषको स्थापना गरिएको र सोही कोषको ब्याजको रकमबाट उक्त पुरस्कार वर्ष २०८१ बाट प्रदान गर्न प्रारम्भ गरिएको परिषद्ले जनाएको छ । 

‎नेपाली भाषा तथा साहित्यका क्षेत्रमा दीर्घसेवा गरेका साहित्यकार दिनेश अधिकारीलाई वर्ष २०८२ को उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको परिषद्का अध्यक्ष अच्युत अधिकारीले बताए । पुरस्कारको राशि ५० हजार रुपैयाँ र सम्मान पत्र रहेको छ ।

ADV

सम्बन्धित खबर