२०८२ कार्तिक २२ गते शनिवार / Nov 08 , 2025 , Saturday
२०८२ कार्तिक २२ गते शनिवार
Ads

कविता : मनका फ्रेमभित्रको शान्ति

shivam cement
यामबहादुर थापा मगर
२०८२ कार्तिक २२ गते ०६:००
Shares
कविता : मनका फ्रेमभित्रको शान्ति

म फोटोका रंगसँग रमाउने मान्छे,
अपरिचित बाटा घाटा, पहाडका मोड,
नदीका धुन, बस्तीका धुलाम्मे बिहान
सबैलाई क्यामेराको आँखाले टिपेर
मनको फ्रेममा टाँस्न खोजिरहन्छु ।
कहिलेकाहीँ
सारीमा सिँगारिएकी युवतीको मुस्कान,
कोकिलको स्वर जस्तै मधुर बोलाइ,
आँखा भिड्ना साथै
अनायासै मनमा चित्र बनेर बस्छ ।
सामाजिक सञ्जालका फोटोहरू,
उपन्यासका वर्णनहरू, 
कविहरूले खडा गरेका रूपक
यी सबैले मनमा
एक विशेष स्पर्श दिएर जान्छन् ।
तर मन कहिलेकाहीँ भड्किन्छ,
फोटोका रंग भन्दा
भावनाको गहिराइतिर तानिन्छ
अनि यो तानिएको क्षण मै
एकान्तले प्रश्न सोध्छ कि
‘रमाइरहँदा पनि किन यस्तो शून्यता ?’
त्यो बेला बुझ्नुपर्छ ।
सुन्दरता त बाहिर मात्र होइन,
आफूमै पनि हुन्छ ।
फोटोले देखाउने चमक
मनले खोज्ने शान्तिले पूरा गर्छ ।
त्यस दिन आफ्नै आँखा, आफ्नै हृदय
सुन्दरताको स्रोत ठहर्छ,
त्यही दिन मनका सबै तानाबाना
नरमसँग मिलेर बस्छन् 
फोटोका रंग जस्तै,
तर मनकै फ्रेमभित्र ।

ADV

सम्बन्धित खबर