२०८२ कार्तिक ११ गते मङ्गलवार / Oct 28 , 2025 , Tuesday
२०८२ कार्तिक ११ गते मङ्गलवार
Ads

लेक लागेर बेहोस भएका पर्यटकको सशस्त्र प्रहरीद्वारा उद्धार

shivam cement
२०८२ कार्तिक ११ गते १७:०३
लेक लागेर बेहोस भएका पर्यटकको सशस्त्र प्रहरीद्वारा उद्धार

काठमाडौं : मनाङको तिलिचो ताल भ्रमणबाट फर्किने क्रममा लेक लागेर बेहोस भएका एक पर्यटकलाई सशस्त्र प्रहरी बलले सुरक्षित उद्धार गरेको छ ।

काठमाडौं महानगरपालिका–३१ बस्ने ४५ वर्षीय विरेन्द्र रसाइली एक्कासी लेक लागेर बेहोस भएपछि सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङको टोलीले तत्कालै उद्धार गरेको हो । उनलाई स्टेचरमा राखेर खाङसारबाट हुम्डे स्वास्थ्य चौकीसम्म पुर्‍याइएको छ ।

उद्धार टोलीले रसाइलीको अवस्था स्थिर रहेको र थप उपचारका लागि आवश्यक व्यवस्था मिलाइएको जनाएको छ ।

मनाङमा सशस्त्र प्रहरीको पर्वतीय उद्धार तालिम शिक्षालय स्थापना भएसँगै उच्च हिमाली क्षेत्रमा खोज तथा उद्धार कार्यमा उल्लेख्य सुधार आएको छ । हिमपात र लेक लाग्ने जस्ता जोखिममा परेका नागरिक तथा पर्यटकहरूको उद्धार अब छिटो र प्रभावकारी बनेको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise