२०८३ कार्तिक २ गते सोमवार / Oct 19 , 2026 , Monday
२०८३ कार्तिक २ गते सोमवार

जिप दुर्घटनामा एक जनाको मृत्यु

Nada
२०८२ कार्तिक ७ गते १२:२८
Shares
जिप दुर्घटनामा एक जनाको मृत्यु

दार्चुला : मार्मा गाउँपालिका–३ दानीखेतमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

ncell

आज  बिहान लटिनाथबाट सार्सीतर्फ जाँदै गरेको सु प प्र ०१ ००१ ज १६६२ नम्बरको जिप दानीखेतमा दुर्घटना भएको हो । उक्त दुर्घटनामा परी जिपका मालिक ३४ वर्षीय करबिरसिंह ठगुन्नाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विक्रम शाहीले जानकारी दिए ।

जिप कसले चलाएको र कसरी दुर्घटना भयो भन्नेबारे थाहा हुन नसकेको प्रहरीले जनाएको छ । जिप चालकको खोजी गर्न इलाका प्रहरी कार्यालय लटिनाथबाट प्रहरी  टोली घटनास्थलतर्फ गएको छ ।

uae

सम्बन्धित खबर