२०८२ कार्तिक ११ गते मङ्गलवार / Oct 28 , 2025 , Tuesday
२०८२ कार्तिक ११ गते मङ्गलवार
Ads

एनआइसी एसियाका ग्राहकलाई स्काइवाक टावरमा छुट

shivam cement
२०८२ कार्तिक ११ गते २०:३१
एनआइसी एसियाका ग्राहकलाई स्काइवाक टावरमा छुट

काठमाडौं : एनआइसी एसिया बैंकका ग्राहकहरूले काठमाडौंको कमलादीस्थित स्काइवाक टावरमा विशेष छुट पाउने भएका छन् । बैंक र वन्डर नेपालबीच भएको समझदारीअनुसार स्काइवाक टावरमा डिजिटल भुक्तानी गर्ने बैंकका ग्राहकहरूले २५ प्रतिशतसम्मको छुट प्राप्त गर्ने भएका हुन् ।

सम्झौताअनुसार ग्राहकहरूले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गर्दा उक्त छुट पाउनेछन् ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुनराज खनियाका अनुसार सो सहकार्यले ग्राहकलाई छुट सुविधा प्रदान गर्नुका साथै मुलुकमा डिजिटल भुक्तानी प्रवर्धन गर्न सहयोग पुर्‍याउनेछ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise